एसियाली खेलकुद

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा वृक्षारोपण

विराटनगर संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगर रानीमा वृक्षारोपण गरेको छ । क्लबले बिहीबार रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष सरिता गोल्छाको नेतृत्वमा दोस्रो चरण अन्तर्गत वृक्षारोपण गरेको हो ।

वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले वृक्षारोपण अभियानको दोस्रो चरण अन्तर्गत विराटनगरको रानीस्थित विभिन्न उद्योग परिसरमा १०० वटा बिरुवा रोपीएको अध्यक्ष गोल्छाले जानकारी दिइन् ।

उनले गुलमोहर, सिसौ, तेजपत्ता र अमला लगायतका बिरुवाहरू रोपिएको बताइन् । वातावरणमैत्री सन्देश प्रवाह गर्ने उद्देश्यले यस कार्यक्रममा फ्लेक्सको सट्टा पुनःप्रयोग गर्न मिल्ने कपडाको ब्यानर प्रयोग गरिएको थियो, जसले प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा दिगो वातावरण संरक्षणप्रति क्लबको प्रतिबद्धतालाई झल्काएको छ।

प्रकाशित मिति: २०२६-०७-३१ , समय : १४:२५:३२ , १ घन्टा अगाडि