एसियाली खेलकुद

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन, सरिता गोल्छाले सम्हालिन कार्यभार

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन भएको छ । नयाँ कार्यकालका लागि एक कार्यक्रमकाबिच पदाधिकारी र सदस्यहरुले औपचारिक रुपमा पदभार ग्रहरण गरेका हुन् ।

वर्ष २०२६–२७ का लागि अध्यक्ष सरिता गोल्छा र सचिवमा कुसुम लुनिया चयन भएका छन् । उनीहरुको कार्यकाल जुलाई १ देखि सुरु भएको छ ।

शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन यस कार्यकालमा अझ शसक्त ढंगले लागि पर्ने विश्वास रोटरीयनहरुले लिएका छन् ।

रोटरीयनहरुले अध्यक्ष गोल्छा र सचिव लुनियालाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना दिएका छन् ।

प्रकाशित मिति: २०२६-०७-०१ , समय : १०:४३:३५ , ३ घन्टा अगाडि