विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले जहदा गाउँपालिका–३ स्थित श्री बाल लक्ष्मी प्राथमिक विद्यालयमा “Child Development – Learning Through Play” कार्यक्रम सम्पन्न गरेको छ ।
सो क्लबले सहयोग गर्दै आएको हात्तिबन्धास्थित सो विद्यालयमा क्लबकी अध्यक्ष सरिता गोल्छाको नेतृत्वमा आयोजित बालकेन्द्रित पहलअन्तर्गत कार्यक्रममा विद्यार्थीहरूलाई विभिन्न इनडोर तथा आउटडोर खेल सामग्री वितरण गरिएको थियो।

क्यारम बोर्ड, ब्याडमिन्टन सेट, क्रिकेट सेट, LEGO ब्रिक्स, लुडो, चेस, फुटबल, सफ्ट बल, हुला हुपलगायत विभिन्न खेल तथा खेल सामग्री उनीहरुलाई उपलब्ध गराइएको थियो।
खेलमार्फत सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले बालबालिकालाई शारीरिक गतिविधिसँगै सिर्जनशीलता, समूहमा काम गर्ने क्षमता, सञ्चार सीप तथा समस्या समाधान गर्ने क्षमता विकास गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको अध्यक्ष गोल्छाले बताइन् ।
विभिन्न खेलमा सहभागी हुँदा बालबालिकाबीच आपसी अन्तरक्रिया बढ्नुका साथै कक्षाकोठाभन्दा बाहिर पनि सक्रिय रूपमा सिक्ने र रमाउने वातावरण सिर्जना भएको छ।
यस पहलबाट विद्यालयका करिब १५० जना विद्यार्थीहरूलाई नियमित रूपमा विभिन्न इनडोर तथा आउटडोर खेल खेल्ने अवसर प्राप्त भएको छ। खेलकुदलाई बाल विकास र सिकाइसँग जोड्दै विद्यालयमा थप खुसीपूर्ण, सक्रिय, सिर्जनात्मक र सहभागितामूलक वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले जनाएको छ।
क्लबले बालबालिकाको शैक्षिक विकाससँगै उनीहरूको आत्मविश्वास, सामाजिक सीप, सिर्जनशीलता र समग्र व्यक्तित्व विकासमा योगदान पु¥याउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


प्रकाशित मिति: २०२६-१०-०१ , समय : ११:५९:२६ , ५२ मिनेटutes अगाडि