एसियाली खेलकुद

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा वृक्षारोपण

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वृक्षारोपण गरेको छ । क्लबले वातावरण संरक्षण तथा हरित अभियानलाई प्रवद्र्धन गर्ने उद्देश्यले सोमबार मोरङको झोराहाटस्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा वृक्षारोपण गरेको हो।

कार्यक्रमको पहिलो चरणअन्तर्गत म्याङ्गोस्टिन, तेजपत्ता, कपूर तथा हर्रो लगायतका विभिन्न प्रजातिका १५० वटा बिरुवा रोप्नुका साथै स्थानीय समुदायलाई वितरण गरिएको थियो ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष सरिता गोल्छाले रोपिएका बिरुवाहरूले वातावरण संरक्षणलाई प्रवद्र्धन गर्नुका साथै भविष्यमा समुदायलाई आर्थिक तथा पोषणसम्बन्धी लाभ पुग्ने उद्देश्यले वितरण गरिएको हो ।

अध्यक्ष गोल्छाले आगामी दिनहरूमा पनि क्लबले यस्ता वृक्षारोपण तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिँदै समुदायमा वातावरणीय सचेतना अभिवृद्धि गर्न क्लब प्रतिबद्ध रहने बताइन् ।

प्रकाशित मिति: २०२६-०७-०८ , समय : १३:३५:३४ , २ घन्टा अगाडि