एसियाली खेलकुद

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो ‘छाता’

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सडक छेउमा व्यापार गर्नेहरुलाई छाता वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच सडक छेउमा व्यापार गरि गुजारा गर्नेहरुलाई घाम र पानीबाट बच्नका लागि छाता वितरण गरेको हो ।

‘रोटरी कम्युनिटी एण्ड इकोनोमिक डेभलप्मेन्ट’ अन्तर्गत अति विपन्न फलफुल, तरकारी, मकै बेच्ने र जुत्ताचप्पल सिलाएर जिविका चलाउन २० जनालाई छाता वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् ।

उनले घाम र वर्षाका कारण उनीहरुको रोजिरोटीमा समस्या नआओस भनेर छाता वितरण गरिएको बताइन् ।

सो अवसरमा डिस्ट्रक्ट गभर्नर राजेन्द्रप्रसाद ढोजुको हातबाट विराटनगरस्थित रोटरी भवनमा छाता वितरण गरिएको थियो ।

कार्यक्रममा डिस्ट्रक्ट गभर्नर राजेन्द्रप्रसाद ढोजु, फस्र्ट लेडी समिरा ढोजु, डिस्ट्रीक्ट सेक्रेटरी दिनेश मानन्धर, पास्ट डिस्ट्रक्ट गभर्नर वासुदेव गोल्यान, चार्डर प्रेसिडेन्ट डा. ममता बर्मा, प्रेसिडेन्ट कुसुम अग्रवाल, सेक्रेटरी संगीता सिंघानीया, पास्ट प्रेसिडेन्ट लगायतको उपस्थिती रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी पब्लिक इमेज चेयर पुनम राठीले जानकारी दिइन् । उनका अनुसार छाताको स्पोन्सर डेल्टा टायर रहेको थियो ।

प्रकाशित मिति: २०२३-०८-०९ , समय : २१:०७:२७ , १० महिना अगाडि