विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले जहदा गाउँपालिका–३ स्थित बाललक्ष्मी विद्यालयमा शुद्ध खानेपानीका लागि फिल्टर जडान गरि हस्तान्तरण गरेको छ । “स्वच्छ खानेपानी, स्वस्थ विद्यार्थी, उज्ज्वल भविष्य” भन्ने मूल नाराका साथ क्लबले निरन्तर सहयोग गर्दै आएको सो विद्यालयमा शुद्ध खानेपानीका लागि फिल्टर जडान गरि हस्तान्तरण गरेको हो ।
विद्यार्थी, शिक्षक तथा अभिभावकहरुहरूलाई स्वच्छ खानेपानीको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्लबकी अध्यक्षसरिता गोल्छा, क्लबका सदस्यहरू र एनआईसी एसिया बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
शुद्ध खानेपानीका लागि फिल्टर सहयोग उपलब्ध गराएकोमा क्लबले एनआईसी एसिया बैंकप्रति आभार व्यक्त गरेको छ। क्लबकी अध्यक्ष गोल्छासहित पदाधिकारी र सदस्यहरुले बैंकको सहयोगका लागि प्रशंसा गर्दै यसले विद्यालयका विद्यार्थीहरूको स्वास्थ्य र सरसफाइमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनले शिक्षा, स्वास्थ्य, वातावरण, सामुदायिक विकासलगायतका क्षेत्रमा निरन्तर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ।

प्रकाशित मिति: २०२६-१०-१० , समय : ११:०४:४३ , १८ सेकेन्ड अगाडि