विराटनगर । विश्व पोलियो दिवसको अवसरमा पोलियो रोग उन्मूलनबारे सचेतना अभिबृद्धि गर्ने उद्देश्यले संयुक्त र्याली निकालिएको छ । पोलियो रोग उन्मूलनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित विराटनगरका विभिन्न रोटरी क्लबहरूको संयुक्त आयोजनामा गत २४ अक्टोबरमा जनचेतनामूलक र्याली निकालिएको हो ।
बिहान ७ बजे रोटरी भवनबाट सुरु भएको उक्त र्याली विराटनगरका विभिन्न स्थानको परिक्रमा गर्दै करिब ३० मिनेटपछि पुनः रोटरी भवनमै पुगेर सम्पन्न भएको थियो।
र्यालीमा विराटनगरका विभिन्न रोटरी क्लबका सदस्यसहित करिब ३० जनाको सहभागिता रहेको थियो।
र्याली सम्पन्न भएपछि सबै सहभागीहरू रोटरी भवनमा भेला भएका थिए। कार्यक्रमले पोलियो उन्मूलनका लागि जनचेतना अभिवृद्धि गर्नुका साथै रोटरी सदस्यहरूबीच एकता, मैत्रीभाव र सहकार्यलाई थप सुदृढ बनाएको थियो।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष सरिता गोल्छाको सहभागितामा सम्पन्न यस अभियानले पोलियोमुक्त विश्व निर्माण गर्ने साझा प्रतिबद्धतालाई पुनः उजागर गरेको छ।

प्रकाशित मिति: २०२६-१०-२९ , समय : १२:१५:४९ , ३९ सेकेन्ड अगाडि