एसियाली खेलकुद

रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम

न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृति

रंगेली संवाददाता

विराटनगर, २२ माघ । मोरङको रंगेलीमा रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृति तालिम सम्पन्न भएको छ ।

रंगेली नगरपालिकाको आयोजनामा सञ्चालित न्यायीक समितिका पदाधिकारी र मेलमिलाप केन्दका संयोजकहरुको दुई दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको हो ।

तालिममा न्यायीक समितिको क्षेत्राधिकार, मुद्धा र न्याकि समितिले प्रदान गर्ने सेवाहरुसँग सम्बन्धीत कानुनी प्रवावधान र व्यवस्थाहरुबारे प्रशिक्षण दिइएको छ । तालिममा अधिवक्ता रुक्मेणा दाहालले प्रशिक्षण दिएकी थिइन् ।

तालिममा न्यायीक समितिका पदाधिकारी, मेलमिलाप केन्दका संयोजकहरु, नगर कार्यपालिकाका सदस्यहरु र कर्मचारीहरुको सहभागीता रहेको रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुलीले जानकारी दिइन् ।

 

प्रकाशित मिति: २०२३-०२-०६ , समय : ००:१२:३७ , १ वर्ष अगाडि