एसियाली खेलकुद

सुनवर्षी–५ मा वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु, मेयर राजवंशीले गरे उद्घाटन

रंगेली संवाददाता

विराटनगर । मोरङको सुनवर्षी–५ मा वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबारदेखि सो वडामा तेस्रो वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशीले उद्घाटन गरे । उनले ब्याटिङ गरेर खेलको औपचारीक रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन खेलमा टकुवा टाइटन्स विजयी भएको छ । उनले वर पिपल टिमलाई ५ विकेटले पराजित गरेको हो ।

प्रतियोगिताको उद्घाटनमा सुनवर्षी नगरपालिकाकी उपमेयर मिरादेवी दास विशिष्ट अतिथी रहेकी थिइन् ।

प्रकाशित मिति: २०२४-०१-१३ , समय : २०:३१:२० , १ महिना अगाडि