एसियाली खेलकुद

विराटनगरमा रोटरी डाउनटाउन ट्रेड फेयर-२०२६ शुरु

Rangeli News

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा रोटरी डाउनटाउन ट्रेड फेयर २०२६ शुभारम्भ भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा आयोजित रोटरी डाउनटाउन ट्रेड फेयर २०२६ को शुक्रबार कोशी प्रदेशका प्रमुख परशुराम खापुङले विराटनगरस्थित सिटी प्यालेसमा एक भव्य समारोहबीच उद्घाटन गरे ।

मेलाको मुख्य उद्देश्य महिला उद्यमीहरूलाई प्रोत्साहन गर्दै उनीहरूलाई आफ्ना उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने अवसर प्रदान गर्नुका साथै रोटरीका सातवटा प्राथमिकता (Seven Areas of Focus) अन्तर्गत सञ्चालन हुने सामाजिक तथा मानवीय सेवामूलक परियोजनाहरूका लागि कोष संकलन गर्नु रहेको छ।

दुईदिने मेलामा नेपालका विभिन्न स्थानबाट आएका उद्यमी तथा व्यवसायीहरूका लुगा, गरगहना, कस्मेटिक्स, खाद्य सामग्री, राखीलगायत विभिन्न व्यापारिक सामग्रीका कुल ५३ वटा स्टलहरू रहेका छन्।

मेला अन्तर्गत साउन २२ गते साँझ ६ः०० बजे गायन प्रतियोगिता तथा साउन २३ गते साँझ ६ः०० बजे लाइभ म्युजिक कार्यक्रम आयोजना गरिनेछ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सम्पूर्ण सर्वसाधारणलाई मेलामा उपस्थित भई किनमेल गर्न, मनोरञ्जन लिन, महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न तथा रोटरीका सेवामूलक कार्यहरूमा सहयोग पु¥याउन हार्दिक अनुरोध गरेको छ।

प्रकाशित मिति: २०२६-०८-०८ , समय : ००:३१:५० , २ हप्ता अगाडि