विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगर पाञ्चालीस्थित संस्कृत विद्यालयमा एक कार्यक्रम आयोजना गरी अत्यावश्यक सामग्री वितरण गरेको छ।
क्लबले एक कार्यक्रमकाबिच ८० जनालाई खाद्यान्न सामग्री, जुत्ता–चप्पल, शैक्षिक सामग्री वितरण गरेको हो ।
संस्कृत विद्यालयमा अध्ययनरत अभावमा रहेका विद्यार्थीहरूलाई सहयोग पु¥याउनुका साथै शिक्षा तथा जनजीवनको सहजहोस भनेर सामाग्री वितरण गरिएको क्लबले जनाएको छ ।
समुदायका आवश्यकताहरूलाई मध्यनजर गर्दै यस्ता सेवामूलक कार्यक्रममार्फत रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित मिति: २०२६-११-२३ , समय : २०:०५:०७ , ५८ सेकेन्ड अगाडि