एसियाली खेलकुद

मोरङमा एमालेले सुरु गर्यो जनप्रतिनिधिलाई जनउत्तरदायी बनाउने अभियान, २७ गते ओली विराटनगर आउदै

छत्र राजवंशी

रंगेली/ २३ जेठ । मोरङमा नेकपा (एमाले) ले स्थानीयतहका जनप्रतिनिधिहरुलाई जनउत्तरदायी बनाउने अभियानको सुरुवात गरेको छ । एमाले मोरङले निर्वाचनका बेला जनतामाझ गरेका सवै प्रतिवद्धता कार्यान्वयन गराई जिल्लाका सवै पालिकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनउत्तरदायी बनाउने अभियानको सुरुवात गरेको हो ।

एमाले मोरङले पार्टीबाट निर्वाचित सवै जनप्रतिनिधिहरुलाई जनउत्तरदायी बनाउन जनप्रतिनिधि आचारसंहिता–२०७९ समेत जारी गरेर त्यही अनुसार काम गर्न निर्देशन दिएको छ ।

आइतबार विराटनगरमा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा सम्पन्न स्थानीयतह जनप्रतिनिधि अभिमूखिकरण कार्यक्रममा प्रमुख अतिथी स्थायी कमिटी सदस्य गुरु बरालले आचारसंहिता सार्बजनिक गरे ।

अब एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सो आचारसंहिता बमोजिम जनताका काम गर्नुपर्नेछ । सो आचारसंहिता अनुसार स्थानीयतहको निर्वाचनमा एमालेबाट निर्वाचित पालिका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्षलगायत जनप्रतिनिधिहरुले कम्तीमा वर्षको एक पटक विपक्षीसहितलाई राखेर अनिवार्य रुपमा सार्बजनिक सुनुवाई गर्नुपर्नेछ ।

त्यस्तै जनताको आवाज सुन्ने र जनगुनासाहरुको सम्बोधन हुनेगरी प्रत्येक महिनाको पाँच गते ‘जनतासँग जनप्रतिनिधि’ विषयक छलफल कार्यक्रमको आयोजना गर्नुपर्नेछ ।

त्यसैगरी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु पार्टीको नियमित अन्तरसम्बादमा रहन हरेक पालिकामा पालिका संसदीय दल गठन गरि नियमित बैठकको आयोजना गनुपर्ने आचारसंहितामा उल्लेख छ । जनप्रतिनिधिहरुले पार्टीसँग नियमित अन्तर सम्बाद गर्नुपर्ने अध्यक्ष पोखरेलले बताए ।

त्यस्तै सो आचारसंहिता बमोजिम एमालेबाट निर्वाचित पालिका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षहरुले निर्वाचनका बेला सार्बजनिक गरेको प्रतिवद्धता पत्रको सार्बजनिक स्थानमा सवैले देख्नेगरी होर्डीङ बोर्ड निर्माण गरि राख्ने र आफ्नो कार्यकक्षमा पनि देखिनेगरी प्रीन्ट गरेर राख्नुपर्नेछ ।

यसरी प्रतिवद्धता पत्र कार्यकक्षमा राख्दा आफुले निर्वाचनका बेला जनतासँग गरेको बाचा नबिर्सिने र जनप्रतिनिधिहरु जनताप्रति जनउत्तरदायी हुनेछन् ।

अध्यक्ष पोखरेलका अनुसार मोरङमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु अब अनौपचारिक बन्न पाउने छैनन् । जनप्रतिनिधि सार्बजनिक पद भएकाले उनीहरु सँधै औपचारिक हुनुपर्ने उनले बताए ।

जनप्रतिनिधिहरुलाई जनउत्तरदायी बनाउन लागु गरिएको सो आचारसंहिता उल्लंघन गरेमा स्वत पार्टी सदस्यबाट निलम्बन हुने अध्यक्ष पोखरेलले जानकारी दिए ।

आइतबारदेखि लागु गरिएको आचारसंहितामा एमालेबाट निर्वाचित सवै जनप्रतिनिधिहरुले हस्तार गरि कार्यान्वयन गर्ने प्रतिवद्धतासमेत जाहेर  गरेका छन् ।

गृहपृष्ठसमाचारराजनीतिप्रदेशविराटनगरशिक्षान्यायालयकृषिखेलकुदEnglish

मोरङमा एमालेले सुरु गर्यो जनप्रतिनिधिलाई जनउत्तरदायी बनाउने अभियान, २७ गते ओली विराटनगर आउदै

2022-06-06 12:06     Desk

71Shares

13

विराटनगर, २२ जेठ । मोरङमा नेकपा (एमाले) ले स्थानीयतहका जनप्रतिनिधिहरुलाई जनउत्तरदायी बनाउने अभियानको सुरुवात गरेको छ । एमाले मोरङले निर्वाचनका बेला जनतामाझ गरेका सवै प्रतिवद्धता कार्यान्वयन गराई जिल्लाका सवै पालिकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनउत्तरदायी बनाउने अभियानको सुरुवात गरेको हो ।

एमाले मोरङले पार्टीबाट निर्वाचित सवै जनप्रतिनिधिहरुलाई जनउत्तरदायी बनाउन जनप्रतिनिधि आचारसंहिता–२०७९ समेत जारी गरेर त्यही अनुसार काम गर्न निर्देशन दिएको छ ।

आइतबार विराटनगरमा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा सम्पन्न स्थानीयतह जनप्रतिनिधि अभिमूखिकरण कार्यक्रममा प्रमुख अतिथी स्थायी कमिटी सदस्य गुरु बरालले आचारसंहिता सार्बजनिक गरे ।

अब एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सो आचारसंहिता बमोजिम जनताका काम गर्नुपर्नेछ । सो आचारसंहिता अनुसार स्थानीयतहको निर्वाचनमा एमालेबाट निर्वाचित पालिका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्षलगायत जनप्रतिनिधिहरुले कम्तीमा वर्षको एक पटक विपक्षीसहितलाई राखेर अनिवार्य रुपमा सार्बजनिक सुनुवाई गर्नुपर्नेछ ।

त्यस्तै जनताको आवाज सुन्ने र जनगुनासाहरुको सम्बोधन हुनेगरी प्रत्येक महिनाको पाँच गते ‘जनतासँग जनप्रतिनिधि’ विषयक छलफल कार्यक्रमको आयोजना गर्नुपर्नेछ ।

त्यसैगरी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु पार्टीको नियमित अन्तरसम्बादमा रहन हरेक पालिकामा पालिका संसदीय दल गठन गरि नियमित बैठकको आयोजना गनुपर्ने आचारसंहितामा उल्लेख छ । जनप्रतिनिधिहरुले पार्टीसँग नियमित अन्तर सम्बाद गर्नुपर्ने अध्यक्ष पोखरेलले बताए ।

त्यस्तै सो आचारसंहिता बमोजिम एमालेबाट निर्वाचित पालिका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षहरुले निर्वाचनका बेला सार्बजनिक गरेको प्रतिवद्धता पत्रको सार्बजनिक स्थानमा सवैले देख्नेगरी होर्डीङ बोर्ड निर्माण गरि राख्ने र आफ्नो कार्यकक्षमा पनि देखिनेगरी प्रीन्ट गरेर राख्नुपर्नेछ ।

यसरी प्रतिवद्धता पत्र कार्यकक्षमा राख्दा आफुले निर्वाचनका बेला जनतासँग गरेको बाचा नबिर्सिने र जनप्रतिनिधिहरु जनताप्रति जनउत्तरदायी हुनेछन् ।

अध्यक्ष पोखरेलका अनुसार मोरङमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु अब अनौपचारिक बन्न पाउने छैनन् । जनप्रतिनिधि सार्बजनिक पद भएकाले उनीहरु सँधै औपचारिक हुनुपर्ने उनले बताए ।

जनप्रतिनिधिहरुलाई जनउत्तरदायी बनाउन लागु गरिएको सो आचारसंहिता उल्लंघन गरेमा स्वत पार्टी सदस्यबाट निलम्बन हुने अध्यक्ष पोखरेलले जानकारी दिए ।

आइतबारदेखि लागु गरिएको आचारसंहितामा एमालेबाट निर्वाचित सवै जनप्रतिनिधिहरुले हस्तार गरि कार्यान्वयन गर्ने प्रतिवद्धतासमेत जाहेर गरेका छन् ।

सो अबसरमा जिल्लाभर पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण समेत दिइएको छ । स्थानीय तहमा कसरी काम गर्ने र स्थानीय तहसँग पार्टीलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण दिईएको एमाले मोरङका सचिव रुपेश खतिवडाले बताए ।

जनप्रतिनिधिहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत, कानेपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष तारा बहादुर काफ्लेले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य गुरु बराल, भानुभक्त ढकाल, केन्द्रीय सदस्य जिवन घिमिरे, विनोद ढकाललगाय केन्द्रीय नेताहरु, प्रदेश र जिल्ला नेताहरु, जिल्लाका १७ वटै पालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यस्तै एमाले मोरङले आगामी जेठ २७ गते विराटनगरमा जिल्लाभरका अगुवा नेता कार्यकर्ता र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ । राष्ट्रिय राजनीति र अबको कार्यदिशाका सन्दर्भमा पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण दिन लागिएको सचिव रुपेश खतिवडाले जानकारी दिए ।

उनले सो प्रशिक्षण कार्यक्रममा जिल्लाभरका पार्टी र जनसंगठनका सवै गाउँ तथा नगर कमिटीका पदाधिकारीसहित त्यो भन्दा माथिल्लो कमिटीका नेता, सवै जनप्रतिनिधिहरु गरि २ हजार बढी अगुवा नेताहरुको सहभागीता रहने सचिव खतिवडाले बताए । ‘२७ गते विषेश गरि जिल्लाभरका सवै अगुवा नेता कमरेडहरुलाई प्रशिक्षण दिन लागिएको हो ।’ उनले भने,‘प्रशिक्षणमा मोरङका पार्टी र जनसंगठनका कमिटीगत नेताहरु र निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता हुनेछ ।’

प्रशिक्षण एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शिर्षस्थ नेताहरुले दिने जनाइएको छ । सो कार्यक्रममा पार्टी अध्यक्ष ओलीले ३० वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा मोरङमा उत्साहजनक नतिजा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने सवै नेता कार्यकर्ता र मतदाताहरुहरुलाई धन्यवाद ज्ञापनका साथै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिने कार्यक्रम समेत रहेको जनाइएको छ ।

 

प्रकाशित मिति: २०२२-०६-०६ , समय : ०८:५६:१५ , २ वर्ष अगाडि