एसियाली खेलकुद

‘सेलेब्रल पाल्सी डे’ को अवसरमा निःशुल्क दन्त परिक्षण शिविर

रंगेली संवाददाता

विराटनगर । ‘सेलेब्रल पाल्सी डे’ को अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क दन्त परिक्षण शिविर सञ्चालन गरेको छ ।

क्लबले वितगत ११ वर्षदेखि सञ्चालन गर्दै आएको सिपी डे केयर सेन्टरका बालबालिकाहरुको लागि दन्त परिक्षण शिविर आयोजना गरेको हो ।

शिविरमा अवध नारायण मेमोरियल क्लिनिकका वरिष्ठ चिकित्सक डा. अभिषेक र डा. मिराले बालबालिकाहरुको दन्त परिक्षण गरेका थिए । साथै उनीहरुलाई डेन्टल किट समेत वितरण गरिएको थियो ।

शिविरमा मन्टिपल डिसेवल भएका र सिपी डे केयर सेन्टरकासमेत गरि ९० जना बालबालिकाको परिक्षण गरिएको थियो । सो अवसरमा बालबालिकाहरुलाई जुस र कपकेक वितरण गरिनुका साथै सर्ट मुभी पनि देखाइएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुशुम अग्रवालले जानकारी दिइन् ।

 

प्रकाशित मिति: २०२३-१०-०७ , समय : २२:०७:११ , ५ महिना अगाडि