एसियाली खेलकुद

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो विद्यार्थी र एक महिलाहरुलाई न्यानो कपडा

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बढ्दो चिसोबाट बच्नका बालबालिका र एक महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

क्लबले एडप्ट गरेको शिव आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर वितरण गरेको हो । विद्यालयमा अध्ययनरत १३० जना बालबालिकाहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरिएको क्लबले जनाएको छ ।

त्यसैगरी बुधनगरका ४० जना एक महिलाहरुलाई पनि स्वीटर, मोजा, साडी, टोनिक, लुगा धुने र नुहाउने साबुन वितरण गरेको गरिएको रोटरी क्लब अफ विराटनगरकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् । कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२४-०१-०४ , समय : १९:२२:५८ , २ महिना अगाडि