एसियाली खेलकुद

१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन

रंगेली संवाददाता

विराटनगर । युवा व्यवसायी एवम् समाजसेवी यश बगडीयाले विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् । अरुले अनावश्यकरुपमा मोटो रकम खर्चिएर तडकभडक गर्दै जन्मदिन मनाउने गरेको भएपनि बगडीयाले भने विपन्न परिवारलाई सहयोग गरेर जन्मदिन मनाएका हुन् ।

बगडीयाले आफ्नो जन्मदिनको अवसर पारेर सामाजिक कार्यका रुपमा रंगेली नगरपालिका–१ स्थित पोखरी टोल, गदीघट्टा, हाटखोला र वडा कार्यालय छेउ ऋषिदेव टोलका विपन्न १२० दलित परिवारलाई खाद्यान्न वितरण गरेर जन्मदिन मनाए । उनले मंगलबार चामल, दाल नुन, तेल, तरकारीलगायतका खाद्य सामाग्री वितरण गरे ।

बगडीयाले आफ्नो जन्मदिन सामाजिक कार्य गरेर मनाउँदा निकै खुशी लागेको बताए । जथाभावी अनावश्यक खर्च गरेर मनाउनु भन्दा फरक तरीकाले अरुलाइ सहयोग गरेर जन्मदिन मनाउदा निकै खुशि लागेको उनको भनाई छ । ‘अनावश्क खर्च गरेर पार्टी गर्दै जन्मदिन मनाउन मलाई ठिक लागेन ।’ उनले भने,‘बरु कसैलाई थोरै भएपनि सहयोग गरौँ भनेर खाद्यान्न वितरण गरेको हुँ । यसरी जन्मदिन मनाउन पाउँदा मलाई निकै खुशी लागेको छ ।’

बगडीयाले आफ्नी हजुरआमा गीतादेवी, श्रीमती प्रशाली, वहिनी श्रद्धिसिद्धि बडीयासहित ऋषिदेव टोलमा पुगेर १२० परिवारलाई करिब डेढ लाख मुल्य बराबरको खाद्य सामाग्री वितरण गरेका हुन् ।
खाद्य सामाग्री पाएका ऋषिदेव परिवारले खुशि व्यक्त गर्दै बगडीयालाई जन्मदिनको शुभकामना दिँदै आशिर्वादसमेत दिए ।

प्रकाशित मिति: २०२४-०१-०९ , समय : २२:३०:४५ , १ महिना अगाडि