एसियाली खेलकुद

नेकपा (एमाले) सुनवर्षी नगर कमिटी अध्यक्षमा विष्णु कँडेल चयन, ७५ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन

रंगेली संवाददाता

विराटनगर । नेकपा (एमाले) सुनवर्षी नगर कमिटीको अध्यक्षमा युवा नेता विष्णु कँडेल चयन भएका छन् । नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले स्थानीयस्तरमा लोकप्रीय युवा नेता कँडेललाई अध्यक्षमा चयन गर्दै ७५ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको हो ।

यसअघि कँडेल नगर कमिटी सचिव थिए । कमिटीको उपाध्यक्षमा रुपेश साह, सचिवमा होम चौहान, सह–सचिवमा मनिष राई र भूमिका दुलाल चयन भएका छन् ।

तत्कालिन नगर कमिटी अध्यक्ष श्याम प्रसाद राजवंशी सुनवर्षी नगरपालिकाको मेयरमा निर्वाचित भएपछि नेकपा (एमाले) मोरङले कार्य सम्पादन गर्न जिल्ला कमिटी सदस्य राधेश्याम राजवंशीलाई संयोजकको जिम्मेवारी दिएको थियो ।

आइतबार उनकै अध्यक्षतामा बसेको नगर कमिटिको सचिवालय बैठकले पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गर्दै ७५ सदस्यीय आयोजक कमिटी गठन गरेको हो । अध्यक्ष कँडेलले सो कमिटीले मिति तय गरेर नगर अधिवेशन सम्पन्न गर्ने जानकारी दिए ।

बैठकमा सार्बजनिक लेखा समितिका सभापति एवम् नेकपा नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, उपाध्यक्ष बाबुराम कार्की, सुनवर्षीे नगर कमिटी पूर्व इन्चार्ज गोपाल थापा, जिल्ला कमिटी सदस्य तथा सुनवर्षी नगरपालिकका मेयर श्याम प्रसाद राजवंशी, जिल्ला कमिटी सदस्य टेक बहादुर भट्टराई, भक्त तामाङ र लक्ष्मण बुढाथोकीलगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२४-०२-१८ , समय : २१:०८:१९ , २ महिना अगाडि