एसियाली खेलकुद

वर्ल्ड रोटरी डेको अवसरमा विराटनगरमा रक्तदान

रंगेली संवाददाता

विराटनगर । वर्ल्ड रोटरी डेको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रोटरी क्लब अफ विराटनगर फ्युजनले रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।

विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएका रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रोटरी क्लब अफ विराटनगर फ्युजनले संयुक्तरुपमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।

२ घण्टा आयोजित रक्तदानमा २० पिन्ट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा क्लबका एसिस्टेन्ट गभर्नर, पास्ट प्रेसिडेन्ट, चार्टर प्रेसिडेन्ट डा. ममता वर्मालगायत क्लबका पदाधिकारी र सदस्यहरु गरी २० जनाको सहभागीता रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् ।

प्रकाशित मिति: २०२४-०२-२५ , समय : १२:४२:०८ , ३ महिना अगाडि