एसियाली खेलकुद

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा पल ह्यारिस डेको अवसरमा ४० साइकल वितरण

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले पल ह्यारिस डेको अवसरमा ४० थान साईकल वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच पूर्वाञ्चल अनाथ आश्रममा आश्रित छात्रा र विपन्न समुदायका महिलाहरुलाई यातायातमा सहज होस भनेर साईकल वितरण गरेको हो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला प्रमुख अतिथी रहेको सो कार्यक्रममा विराटनगरस्थित डिएभी स्कुलकी शिक्षिका नमिता सिंह र आदर्श माविका शिक्षक इन्द्र बहादुर चौहानलाई नेशनल विल्डीङ अवार्डबाट सम्मानित समेत गरिएको क्लबी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् ।

उक्त कार्यक्रमको संयोजक गिरीजा सारडा रहेकी थिइन् । कार्यक्रममा क्लबकी चार्टर प्रेसिडेन्ट डा. ममता वर्मा, पास्ट प्रेसिडेन्टलगायत २० जना सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२४-०४-१९ , समय : १९:४३:३१ , २ महिना अगाडि