एसियाली खेलकुद

माओवादीका नेता विजय कामत दलबलसहित एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

रंगेली न्युज

रंगेली, २७ जेठ । विराटनगरमा माओवादी केन्द्रका चर्चित युवा नेता विजय कामत दलबलसहित नेकपा (एमाले) मा प्रवेश गरेका छन् । शुक्रबार नेकपा (एमाले) मोरङले विराटनगरमा आयोजित बृहत कार्यकर्ता भेलामा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे ।

कामत माओवादी केन्द्रका चर्चित नेता हुन् । उनी आफ्ना सयौँ सहयोगीसहित एमाले प्रवेश गरे । कामत २०७४ सालमा विराटनगर ६ को वडाध्यक्षमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । उनी ३० वैशाखमा सम्पन्न निर्वाचनमा भने पराजित भएका थिए ।

 

प्रकाशित मिति: २०२२-०६-१० , समय : १७:२४:५० , २ वर्ष अगाडि