एसियाली खेलकुद

ज्योती आधारभूत विद्यालयलाई ‘वाटर स्टेशन’ हस्तान्तरण

‘वाटर स्टेशन’ हस्तान्तरण

रंगेली संवाददाता

विराटनगर, १३ वैशाख । विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयलाई ‘वाटर स्टेशन’ हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निर्माण गरेको ‘वाटर स्टेशन’ विद्यालयलाई हस्तान्तरण गरेको हो ।

सो विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था नहुँदा शिक्षक र विद्यार्थीलाई समस्या हुँदै आएको थियो । तर, अब ‘वाटर स्टेशन’ निर्माण भएपछि उक्त समस्या समाधान हुने रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

वाटर स्टेशनबाट विद्यालयका १५२ विद्यार्थी र शिक्षक लाभान्वित हुनेछन् ।

प्रकाशित मिति: २०२३-०४-२६ , समय : १४:१६:०३ , १२ महिना अगाडि