एसियाली खेलकुद

खार्जीमा स्वच्छता सम्वन्धी सचेतना

रंगेली संवाददाता

विराटनगर, १४ वैशाख । विराटनगरस्थित खार्जीमा स्वच्छता सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जीका विद्यार्थी र समुदायका लागि स्वच्छतासम्बन्धी सचेतना मूलक कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा हात धुने सही तरिका, कपाल र नुहाउने बानीको विषयमा सचेतना प्रदान गरिएको थियो । कार्यक्रममा विराट मेडिकल एण्ड टिचिङ हस्पिटलका डा. पार्थ गुरुङ र डा. हुलास अग्रवाल स्रोत व्यक्ति थिए ।

सो अवसरमा स्वच्छता किट वितरित गरिनुका साथै विद्यार्थीहरुको कपालसमेत काटिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

प्रकाशित मिति: २०२३-०४-२७ , समय : १५:१३:३२ , १ वर्ष अगाडि