विराटनगर, २७ जेठ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विद्यार्थीहरुका लागि साइबर सुरक्षा सम्वन्धी सचेतना मुलक कार्यक्रम आयोजना गरेको छ ।
विद्यार्थीहरुलाई साइबर अपराधबाट बच्नका लागि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काठमाडौंबाट आएका साइबर सुरक्षा सम्वन्धी विज्ञ संविधान आचार्य प्रमुख वक्ता थिए ।
उनले साइबर आक्रमणबाट कसरी जोगिने भन्ने विषयमा प्रशिक्षण दिएका थिए । साइबर अपराध विरुद्ध लड्ने सबैभन्दा उत्तम उपाय चेतना र रोकथाम हो । सोही कारण रोटरी क्लब अफ विराटनगर डाउनटाउनले साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको हो ।
साइबर सुरक्षा जागरूकता प्रशिक्षण महत्त्वपूर्ण छ । किनभने यसले विद्यार्थीहरूलाई कसरी साइबर आक्रमणहरूबाट आफूलाई जोगाउन सकिन्छ भनेर सिकाउँछ । विद्यार्थीहरूले फिसिङ स्क्यामहरू, मालवेयर, चबलकयmधबचभ, र अन्य कम्प्युटर खतराहरू बारे सिक्नेछन् । विद्यार्थीहरूलाई सुरक्षित राख्न सो कार्यक्रम एकदमै महत्वपूर्ण रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले बताइन् ।
कार्यक्रममा डीएभी, डीपीएस, अरनीको, सेन्ट जोसेफ र आदर्श विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो अवसरमा सेन्ट जोसेफ स्कुलका विद्यार्थीहरुले साइबर अपराध सम्बन्धी नाटकसमेत प्रस्तुत गरेका थिए । कार्यक्रमबाट ३०० बढी विद्यार्थी लभान्वित भएका छन् ।
प्रकाशित मिति: २०२३-०५-१० , समय : २०:०३:१७ , १ वर्ष अगाडि