एसियाली खेलकुद

विश्व मुटु दिवसको अवसरमा विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य शिविर

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

विश्व मुटु दिवसको अवसरमा स्वास्थ्य कार्यक्रम अन्तर्गत क्लबले शिविर आयोजना गरेको हो । नोबेल मेडिकल कलेजका डाक्टर र रोट्र्याटरहरुसँग सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।

सो अवसरमा आश्रममा आश्रित ४५ जना जेष्ठ नागरिकहरुको इसीजी र रक्तचाप जाँच गरीएको थियो । कार्यक्रममा स्न्याक्स बक्स पनि वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुशुम अग्रवालले जानकारी दिइन् ।

प्रकाशित मिति: २०२३-१०-०३ , समय : २२:१७:०८ , ५ महिना अगाडि