एसियाली खेलकुद

छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतना

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ ।

क्लबले जहदा गाउँपालिकास्थित बुधनगर स्कुलमा अध्ययनरत छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा ५५ जना छात्राहरुको सहभागीता रहेको थियो । सो अवसरमा उनीहरुलाई सेनटरी प्याड, भिटामिन र खाजा समेत वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् ।

प्रकाशित मिति: २०२३-१०-१२ , समय : २१:०२:५५ , ४ महिना अगाडि