एसियाली खेलकुद

अपाङ्ग दिवसको अवसरमा सिपी डे केयर सेन्टरका बालबालिकाले गरे मनोरञ्जन

रंगेली संवाददाता

विराटनगर । विश्व अपाङ्ग दिवसको अवसरमा सिपी डे केयर सेन्टरका बालबालिकाले मनोरञ्जन गरेका छन् । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले उनीहरुलाई रवि शंकर विद्या मन्दिरमा लगेर मनोरञ्जन गराएको हो ।

सो अवसरमा उनीहरुले उक्त विद्यालयमा पुगेर नाचगान, अभिनय, चिप्लेटी, पिङ खेलेर मनोरञ्जन गरेका हुन् । सो अवसरमा बालबालिकहरुबिच खेलकुद गतिविधिसमेत गराइएको थियो ।

कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुसुम अग्रवाल, सेक्रेटरी संगीता सिंघानीयालगायतक क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रम रवि शंकर विद्या मन्दिरकी प्रीन्सीपल अग्रवालको सहयोगमा भने उनीहरुलाई उपहार समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति: २०२३-१२-०४ , समय : २१:५०:०२ , ३ महिना अगाडि