एसियाली खेलकुद

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा तीन जनाको कृत्रिम खुट्टा प्रत्यारोपण

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले तीन जनाको कृत्रिम खुट्टा प्रत्यारोपण गराएको छ । क्लबले एक कार्यक्रमकाबिच अपाङ्गता भएका तीन जना व्यक्तिहरुको कृत्रिम खुट्टा प्रत्यारोपण गराएको हो ।

मोरङको रतुवामाई–२ का चकाटु हरिजन, बुढीगंगा–२ का ललिचन ऋषिदेव र सोही गाउँपालिका वडा नम्बर ३ का पदमलाल अधिकारीको कृत्रिम खुट्टा प्रत्यारोपण गरिएको क्लबकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् ।

प्रकाशित मिति: २०२४-०२-१३ , समय : ११:०२:०८ , १ हप्ता अगाडि