एसियाली खेलकुद

सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण गरेको छ ।

क्लबले विराटनगरस्थित आदर्श माविमा सञ्चालित सेलेब्रल पाल्सी बेबी डे केयर सेन्टरमा शौचालय निर्माण गरि हस्तान्तरण गरिएको अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् ।

कार्यक्रममा क्लबकी चार्टर प्रेसिडेन्ट डा.ममता बर्मा, पास्ट प्रेसिडेन्ट किरण कर्ण, सञ्चिता जैन, अर्चना शर्मा, सेक्रेटरी संगीता सिंघानीया, सदस्य सरिता गोल्छा लगायतको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति: २०२४-०३-२१ , समय : २०:५६:५६ , २ महिना अगाडि