एसियाली खेलकुद

रोटरी क्लब अफ विराटनगर डाउनडाउनद्वारा निःशुल्क आँखा शिविर, १२० जनाले गराए परिक्षण

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क आँखा शिविर आयोजना गरेको छ । विराटनगर वन कार्यालय नजिकै रहेको मानव सेवा आश्रममा क्लबले निःशुल्क आँखा शिविर आयोजना गरेको हो ।

रामलाल गोल्छा आँखा अस्पतालको सहकार्यमा आयोजित शिविरमा १२० जनाले आँखा परिक्षण गराएका छन् । शिविरमा परिक्षण गराएका रोगीहरुलाई आवश्यक औषधी र चस्मा समेत वितरण गरएको छ । शिविरमा १२ जनामा मोतियाविन्दु देखा परेको छ । उनीहरुको निःशुल्क शल्यक्रिया गराइने क्लकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् ।

सो अवसरमा आँखा परिक्षण गराउनेहरुलाई खाजा समेत वितरण गरिएको थियो । कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी पास्ट प्रेसिडेन्ट दिप्ती तोदी, सञ्चिता जैन र सदस्यहरुको उपस्थिती रहेको कार्यक्रमको संयोजक सरिता गोल्छा रहेकी थिइन् ।

प्रकाशित मिति: २०२४-०३-२९ , समय : २१:२६:३५ , २ महिना अगाडि