एसियाली खेलकुद

रंगेलीका मेयर बगडीया पूर्वाञ्चल विश्वविद्यालयको सिनेट सदस्य नियुक्त

रंगेली संवाददाता

विराटनगर । रंगेली नगरपालिकाका विकासप्रेमी मेयर दलिप बगडीया पूर्वाञ्चल विश्व विद्यालय सभा सदस्यमा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेयर बगडीयालाई गत वैशाख १२ गते विश्वविद्यालय सभाको सदस्यमा नियुक्त गरेका हुन् ।

पूर्वाञ्चल विश्व विद्यालय ऐन अनुसार उनी विश्व विद्यालय सभा सदस्य नियुक्त भएका हुन् । पूर्वाञ्चल विश्व विद्यालयको कार्यकारिणी परिषदले सिनेट सदस्यको सिफारिस गर्ने र विश्व विद्यालयको कुलपतिको हैसियतमा प्रधानमन्त्रीले सिनेट सदस्य नियुक्त गर्ने ऐनमा व्यवस्था छ ।

मेयर बगडीयाले अब आफु विश्व विद्यालयको समग्र सुधारमा लागि पर्ने बताएका छन् । उनले विश्व विद्यालयलाई अगाडी बढाउन आफु लागि पर्ने बताए ।

मेयर बगडीयाले मोरङको पुरानो सदरमुकाम रंगेलीलाई हाल नमूना नगरको रुपमा विकास गर्दै अघि बढाएका छन् । उनी विकासप्रेमी भएकाले जनताबिचमा सर्बाधिक लोकप्रीय छन् ।

प्रकाशित मिति: २०२४-०४-२८ , समय : १८:४९:३९ , २ महिना अगाडि