एसियाली खेलकुद

विश्व वातावरण दिवसको अवसरमा ५ सय कागतीका बिरुवा वितरण

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व वातावरण दिवसको अवसरमा विभिन्न स्थानमा ५०० कागतीका बिरुवा वितरण गरेको छ ।

क्लबले सहयोग गर्दै आएको बुध नगरस्थित शिव आधारभुत विद्यालय, आरसीसी जनता बाल विद्यालयमा सबै विद्यार्थीहरूलाई कागतीका बिरुवा वितरण गरि वातावरणको बारेमा जागरूक समेत बनाइएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् ।

कार्यक्रममा क्लबका सदस्यहरू पास्ट प्रेसिडेन्ट रचना राठीलाई, आगामी अध्यक्ष मञ्जु अग्रवाल, अध्यक्ष कुसुम अग्रवाल विद्यालयका शिक्षक, शिक्षिका, पदाधिकारीहरू, विद्यार्थी र अभिभावकहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२४-०६-०८ , समय : २०:५०:०५ , १ महिना अगाडि