एसियाली खेलकुद

बलबालिकाहरुलाई साइबर सुरक्षा सम्वन्धी सचेतना

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा बालबालिकाहरुका लागि साइबर सुरक्षाबारे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार रोटरी क्लब अफ विराटनगर डाउन टाउनको आयोजनामा अहिलेको सूचना प्रविधि र डिजिटल युगमा साइबर अपराधको उच्च जोखिममा बालबालिका रहेकाले उनीहरुको सुरक्षाका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।

मोरङको जहदास्थित श्री जनता बाल अधरभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा काठमाडौंबाट आएका साइबर सुरक्षा सम्वन्धी प्रोफेसनल सहजकर्ताहरुले सहजिकरण गरेका थिए ।

कार्यक्रमबाट ६५ जना बालबालिका लाभान्वित भएका छन् । कार्यक्रम २ सिफ्टमा आयोजना गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।
सो अवसरमा सहभागी बालबालिकाहरुलाई जुस र बिस्कुट समेतथ प्रदान गरेको थियो । कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति: २०२४-०८-०६ , समय : २१:५२:३२ , २ महिना अगाडि