विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित आदर्श माविलाई सिलाई मेशिन वितरण गरेको छ । विश्वकर्मा पूजाको अवसर पारेर क्लबले आर्थिक तथा सामुदायिक विकास अन्तर्गत रोटरी क्लब अफ डाउनटाउनले आदर्श विद्यालयमा ७ वटा सिलाई मेसिन हस्तान्तरण गरेको हो ।
महिलाहरुलाई स्वरोजगार बनाउन आधारभूत सिलाई कटाई तालिम दिनका लागि ७ वटा सिलाई मेसिन वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यग मञ्जु अग्रवालले जानकारी दिइन् ।
सो अवसरमा सिक्ने विद्यार्थीहरूलाई कपडा, कैंची, धागो समेत प्रदान गरिएको थियो । तालिम दिन प्रशिक्षकको समेत राखिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, उपप्राचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य तथा शिक्षकहरुको उपस्थितिमा पुजा समेत गरिएको थियो ।
प्रकाशित मिति: २०२४-०९-२१ , समय : २२:४९:११ , ३ हप्ता अगाडि