एसियाली खेलकुद

रोटरी क्लब अफ विराटनगर डाउनटाउनलाई सिद्धार्थ बैंकको सहयोग

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लबअफ विराटनगर डाउनटाउनलाई सिद्धार्थ बैंकले सहयोग गरेको छ। बैकले एक कार्यक्रमकाबिच डाउनटाउनलाई ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँको चेक हस्तान्तरण गरेको हो ।

डाउनटाउनले सिद्धार्थले उपलब्ध गराएको रकम इक्राहीमा बन्दै गरेको भवन र सेरेब्रल पाल्सी भएका बालबालिकाको हेरचाहमा खर्च गर्नेछ । बैंकका निर्देशक नरेन्द्र तोदीले चेक डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवाललाई हस्तान्तरण गरे ।

सीपी सेन्टर परियोजनाकी समन्वयक डा. ममता वर्माले हाल आदर्श विद्यालयमा सीपीका कक्षा संचालन भएकोमा सो ठाउँ साँघुरो भएकोले इक्राहीमा ४ कठ्ठा जग्गामा अत्याधुनिक भवनको निर्माण गरिँदै आएको बताइन् ।

बैंकका निर्देशक तोदीले डाउनटाउनले समाजमा उत्कृष्ट कार्य गर्दै आएको बताए । चेक हस्तान्तरणमा सिदार्थका कोशी प्रदेश प्रमुख कमल बस्नेत लगायत डाउनटाउनका पदाधिकारीको सहभागिता थियो । हाल कार्यक्रम अन्तर्गत आदर्शमा १५ मस्तिष्क पक्षघातबाट पीडित बालबालिकाको हेरचाह डाउनटाउनले गर्दै आएको छ।

प्रकाशित मिति: २०२४-१२-२८ , समय : १२:५३:२९ , ४ हप्ता अगाडि