एसियाली खेलकुद

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा रोटरी ट्रेड फेयर २०२५

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा रोटरी ट्रेड फेयर २०२५ सुरु हुँदै छ । विराटनगरमा १६औं रोटरी ट्रेड फेयर २०२५ हुन लागेको हो ।

आज बिहीबार २० र २१ गते शिव कुञ्ज अतिथि सदनमा ट्रेड फेयर हुँदैछ । “Step into Style, Step into the Future!” नाराका साथ सुरु हुने यस मेलामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरू, महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्री, स्टार्टअप र स्थानीय उत्पादनहरूको प्रदर्शनी हुनेछ। मनोरञ्जन, फेसन, टेक, फूड र घरायसी सामग्रीको बृहत् स्टलहरू यस वर्षको आकर्षण हुनेछन्।

मेलाबाट संकलन हुने आम्दानी क्लबले सामाजिक परियोजनामा खर्च गर्ने रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले बताइन् ।

प्रकाशित मिति: २०२५-०७-०३ , समय : ०९:२७:२४ , १५ घन्टा अगाडि